सुरुङ्गा । 

कनकाई नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई धनिपूर्जा बितरण गरेको छ । झापाको कनकाई नगरको सभाहलमा बुधवार (आज) आयोजित कार्यक्रममा नगरका २८ घरपरिवारलाई धनिपूर्जा बितरण गरिएको हो ।

कनकाई नगरपालिका वडा नं. ५ का २२ र वडा नम्बर ८ का ६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई धनिपूर्जा बितरण छ । 

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनिपूजा बितरण गरिएको हो । 

dhani purja

कार्यक्रमकी प्रमुख अतिथि तथा मन्त्री रञ्जिताले भूमिहीन सुकुम्वासी बलराम मण्डललाई धनिपूर्जा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गरेको कार्यक्रममा नगर प्रमुख पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

 कार्यक्रमको सञ्चालन नगरका प्रशासकीय अधिकृत विवेक भण्डारीले गरेका थिए । कार्यक्रममा मन्त्री रञ्जिता, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय भूमिआयोगका केन्द्र तथा जिल्लाका प्रमुख तथा प्रतिनिधि,नगरका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।