बिर्तामोड । 

बिर्तामोडमा एक दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिम आज सम्पन्न भएको हो ।

बाख्रा पालनमा देखिएको समस्या, व्यवसायीक बाख्रा पालनमा ध्यान दिनु पर्ने कुराहरुको बारेमा कृषकहरुलाई जानकारी दिने उदेश्यले तालिमको आयोजना गरीएको शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बाख्रा पालन कृषकहरुको लागि आवश्यक प्राविधिक,औषधी उपचार तथा परामर्शमा कमि हुन नदिने बताए । व्यवसायिक बाख्रा पालनबाट कम्तिमा वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्नु पर्ने भन्दै उनले उत्पादन बढाउनु पर्ने बताए ।

बाख्रा पालन जीवन धान्नमात्र नभई व्यवसायिक तवरले गर्न आग्रह गर्दै उनले आफ्नो जमिन नभएपनि लिजमा लिएर गर्न सकिने धारणा राखे । तालिममा ३५ जना सहभागि रहेको उक्त तालिमलाई सहारा नेपालका पशु विज्ञ डाक्टर कमलेश कुमार भाटले प्रशिक्षण दिएका थिए ।

बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला सुनारको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका अधिकृत मेघराज बास्तोला लगायतको सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकाले बाख्रा पालक कृषकहरुलाई नगर पकेट बाख्रा साटासाट कार्यक्रम अन्तर्गत खोर निर्माणका लागि ३५ हजार रुपैयाँ र ३ वटा बाख्रा अनुदान दिँदै आएको छ।