हल्दिबारी । 

मोती आधारभुत विद्यालय हल्दिबारी–५ कञ्चनश्रीका पूर्व विद्यार्थीहरुद्वारा बिद्यालयलाई आठ थान पंखा र ४० थान खानेपानीको बोतल हस्तान्तरण गरेका छन्। बिद्यालयका पूर्व बिद्यार्थीहरूले आर्थिक सहयोग गरी उक्त समाग्रीहरू बिद्यालयलाई मंगलबार (आज) हस्तान्तरण गरेका हुन्। त्यसैगरी आगामी दिनहरुमा बिद्यालयलाई  थप सरसहयोगका लागि पूर्व बिद्यार्थीहरूको समिति समेत गठन गरिएको छ। 

हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथि किराँत याक्थुम चुम्लुङ्ग बिर्तामोड नगर अध्यक्ष हिमालय कन्दङ्वा अतिथिहरू ५ नम्बर वडाध्यक्ष खड्ग लावती वडा सदस्यहरू जीवन कन्दङ्वा, सुश्मा महरा, शिवमाया मगर र शान्ता देबि राई बिद्यालयका पूर्व प्रधानध्यापक पदमकुमार श्रेष्ठ, बिद्यालयका प्रधानध्यापक केदारप्रसाद सुवेदीलगायतको रहेको थियो । 

त्यसैगरी कार्यक्रममा पूर्व बिद्यार्थी, शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो। उक्त भेलाले बिद्यालयलाई थप सहयोग र अक्षयकोष स्थापना गर्ने उद्देश्यले ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ। नव गठित समितिको अध्यक्षमा कर्ण खपाङ्गी मगर, उपाध्यक्षमा शिवमाया मगर, सचिबमा भिममाया नेम्वाङ, सह सचिबमा राजकुमार लिम्बु, कोषाध्यक्षमा सरस्वती कन्दङ्वा रहेका छन् ।

त्यस्तै सदस्यमा टीका दंगाल, मञ्जु मेचे, रूपा नेम्वाङ, शान्तादेबि राई  बि क, लीला राई,  राजकुमार आङ्वो र कमला गौतम रहेका छन् । कार्यक्रममा यसअघि पनि बिद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामाग्री कपि, पेन्सिल बितरण गरिएको जनाइएको थियो ।