हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ मा रहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समुहमा बृक्षरोपन गरिएको छ । ५० औं बातावरण दिवसको अवसर पारेर बनमा बक्षरोपन गरिएको हो ।

झापा नेत्रहीन सघंको आयोजना र पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समुहको सह–आयोजनामा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाइएको छ ।

हल्दिबारी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सन्तकुमार थापाले बृक्षरोपन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।