हल्दिबारी । 

विगत केही दिन अघिदेखि झापामा अत्यधिक बढेको गर्मीका कारण हल्दिबारी गाउँपालिकाले  सामुदायिक र संस्थागत विद्यालयहरुमा जेठ २६  गतेसम्म बिदा दिने निर्णय गरेको  छ । 

यसअघि गत जेठ १९ गतेबाट  २२ गतेसम्म बिदा दिने निर्णय गरेको पालिकाले अझै पनि मौसममा सुधार नभएको, तापक्रम नघटेको साथै मौसम पूर्वानुमान महाशाखाले समेत तातो हावा चल्ने, लु लाग्न सक्ने सम्भावना रहेको सुचना जारी गरेको कुरालाई मध्य नजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै थप चारदिन बिद्यालयहरुमा बिदा दिने निर्णय गरेको हो । 

गर्मीका अत्यधिक वढेपछि बिद्यालयमा पठन–पाठनमा कठिनाई भएकाले बर्खे र हिउँदे बिदाबाट बिदा घटाउने निर्णय गर्दै बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिएका छन्।