सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका स्थित नेपालकै पहिलो समुदायमा हस्तान्तरण गरिएको सामुदायिक वनमा विश्व वातावरण दिवसको अवसर पारेर सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

कनकाई सामुदायिक वन समुहको अयोजना तथा यस क्षेत्रका दुईदर्जन भन्दा वढी सामाजिक तथा शैक्षिक संघसंस्थाको सह आयोजनामा विश्व बातावरण दिवस २०८० को अवसरमा शुक्रबार सुरुङ्गा वजार पश्चिम गोसलाई वन क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

वन क्षेत्रमा अत्याधिक मात्रामा फोहोर थुप्रिन थालेपछि यसको निवारणका लागी सरसफाइ तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको वनका अध्यक्ष ख्याम ओलीले बताए । उनले आगामी दिनमा वन क्षेत्रमा कसैले पनि फोहोरमैला फालेको भेटिएमा जरिवानासहित कानुनी कार्वाही गरिने भएको छ । 

कार्यक्रममा बोल्दै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वन क्षेत्रमा जताततै फोहोर फ्याक्नाले वातावरणमा असर पर्नुका साथै समुदायमा बिभन्न किसिमका रुडि हैजा समेत फैलने भएकोले वन क्षेत्रमा फोहोर नफाल्न आग्रह गरेका छन् । 

नगरले बजार क्षेत्रमा हप्तामा तीन दिन फोहोर उठाउन गाडीको ब्यवस्था गरेकोहुदा सबैले आ( आफ्नो व्यवसाय तथा घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने बर्गिकरण गरि छुट्याएर राखी नगरको गाडिमा हालिदिन पनि पोखरेलले नगरवासिमा आग्रह गरे । 

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई वडा नं. २ , ३ र ४ का वडा अध्यक्षहरु क्रमश बलराम राई , युवराज चौलागाईं , रोशन सुवेदी , कनकाई सव डिभिजन वन कार्यलय सुरुङ्गाका रेन्जर यामबहादुर राना मगर, स्थानीय उपभोक्ता, सामाजिक तथा शैक्षिक ब्यक्तिहरु साथै विभिन्न संघ संस्थाहरुको सहभागीतामा रहेको थियो । कार्यक्रमको सहजिकरण समुही सचिव मान्तादेवी खरेलले गरेकी थिइन् ।