सुरुङ्गा । 

अत्यधिक गर्मी बढेसँगै गत शुक्रबारबाट बन्द भएका कनकाई नगरपालिकाका विद्यालय भोलीबाट सञ्चालनमा आउने भएका छन् ।  गर्मी केही कमी भएको भन्दै नगर भित्रका विद्यालय भोली मंगलबारदेखि खुल्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका हुन् ।

उनले मौसममा परिवर्तन भएकाले भोली मंगलबारदेखि नगरका सवै बिद्यालय सञ्चालन हुने बताए । उनका अनुसार फेरी गर्मी बढे बिहानको समयमा पनि बिद्यालय सञ्चालन गर्न सकिनेछ । 

कनकाई नगरपालिकाको शिक्षा शाखाले शुक्रबार एकदिन र पछि २ दिन अलग अलग्गै सूचना जारी गर्दै शनिबारसहित ४ दिन विद्यालय बन्द गर्न आग्रह गरेको थियो । अत्याधिक गर्मी बढेको भन्दै  झापाका अधिकांश पालिकाले विद्यालय बिदा दिएका थिए।  कनकाई नगरमा  २० वटा नीजि र १४ वटा सामुदायिक विद्यालय रहेका छन् । मौसम बदली भई झापामा आज पानी पनि परेको छ।