बुट्टाबारी । 

बिश्व बाताबरण दिवसको अवसर पारेर जेसीज बन चारआली देवनिया प्रगति टोलमा बृक्षरोपण गरिएको छ । दिनानुदिन रुख बिरुवा मासिदै गएको र तापक्रम बढ्दो रहेकोले बन जगल संरक्षण र हरियाली वृद्धि नगरे आउँदा दिनमा मानिसले अझ समस्या भोग्नु पर्ने भदै वाल्मीकि लिन्कन कलेजका प्रिन्सिपल किशोर बस्नेतले बताए । 

साथै बिर्ता जेसीजले प्रत्येक बर्ष जेसिज बनमा बृक्ष रोपण गर्दै आएकोमा यसपाली पनि जेसिज सदस्यहरु र वाल्मीकि लिन्कन कलेजका बिबिए बिएचएम बिआइटी र बिर्ता जेसीजका सदस्यहरुले टिक, सेतो सल्ला, अमला, तृती, गोल्मर प्रजातिका दुई सय रुखका बिरुवा रोपिएको छ । 

कार्यक्रममा स्थानीय रन्जन बस्नेत, किरण भन्डारी, जेसीज अध्यक्ष घनश्याम चौधरी सजेश शिवाकोटी लगायतले विद्यार्थी तथा स्थानीयहरुलाई वातावरण सम्बन्धि सचेततासँगै शुभकामना व्यक्त गगरेका थिए ।