बिर्तामोड । 

बिर्तामोडमा वारिष्टा तथा कुक तालिम शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीको आर्थिक सहयोगमा स्प्रिङडेल बिर्तामोडले आयोजना गरेको तालिम आइतबार देखि शुरु भएको हो ।

तालिमको एक कार्यक्रमका विच बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका छन् । तालिममा सहभागीहरु बिर्तामोड नगरपालिकाको रोजगार शाखाबाट छनोटमा परेका प्रशिक्षार्थीहरु रहेका छन् ।

तालिममा ४० जना सहभागि रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाई दत्तचित्त भएर सिप सिक्न आग्रह गरे । स्वदेश तथा विदेशमा  सिप महत्वपुर्ण हुने भन्दै उनले जिविकोपार्जनमा सहयोग पुग्ने बताए ।

तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका रोजगार शाखा संयोजक होमनाथ भट्टराई कुक प्रशिक्षक मनिष बस्नेत, वारिष्टा प्रशिक्षक पुनम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । तालिम असार २१ गतेसम्म सञ्चालन हुनेछ ।