बिराटनगर।

कोशी प्रदेशका बिभिन्न जिल्लाहरुबाट लागूऔषध ब्राउन सगुरसहित आईतवार १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको च्क्ष्त् समुहबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका(९ सलकपुरबाट स्थानीय २६ बर्षीय मोहमद अस्लाम र २५ बर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी ईलामको ईलाका प्रहरी कार्यालय पशुतिनगरको प्रहरी टोलीले ईलाम नगरपालिका–९ का २७ बर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका–१ का २५ बर्षीय बिमल लिम्बु र सन्दकपुर गाउँपालिका–४ का २७ बर्षीय निशान गुरुङलाई १९ ग्राम ३३० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । 

झापाबाट मोटरसाईकलमा ईलामतर्फ जाँदै गरेका उनीहरुलाई ईलामको छिपिटारमा चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट उक्त परिणामको ब्राउनसुगर, लागुऔषध ट्याब्लेट Nitrazepam १० ट्याब्लेट, Navycut ६ बट्टा ६ बट्टा र ६ थान मोवायल समेत बरामद गरेको छ । यसैगरी भोजपुर नगरपालिका-६ का ३८ बर्षीय सन्तोष बराईली टेम्केमैयुम गाउँपालिका(३ बाट १ ग्राम ९७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बराईलीलाई आईतवार बिहान पक्राउ गरेको हो । यता मोरङको केरावारी गाउँपालिका–६ कालापनीबाट स्थानीय २७ बर्षीय बिधान राईलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले राईलाई स्सपेन  (Spaspain) १६० पिस र ट्रमाडोल (Tramadol)  १६० पिस गरी जम्मा ३२० पिस ट्याबलेट  प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।