हल्दीबारी । 

झापा हल्दीबारी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को  महालेखा लेखापरीक्षणबाट २ करोड २८ लाख ९० हजार रुपैयाँ बेरुजु फेला परेको छ । 

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार हल्दिबारी गाउँपालिकाको जम्मा बेरूजू ६ करोड ९२ लाख ५७ हजार पुगेको हो । लेखापरीक्षण ऐन २०७५ को दफा २० अनुुसार स्थानीय तहको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गराउनु पर्ने व्यवस्था छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार हल्दिबारी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वित्तीय महालेखापरीक्षकबाट लेखापरीक्षण गर्दा २ करोड २८ लाख ९० हजार बेरुजु देखिएको छ । सो मध्ये बेरुजू असुल गर्नुपर्ने २३ लाख २७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९१ लाख ३ हजार, नियमित गर्नुपर्ने १ करोड १४ लाख ६० हजार रुपैयाँ रहेको छ । 

पालिकाको गत वर्षसम्म ४ करोड ६३ लाख ६७ हजार बेरुजू बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फछ्यौट एवं यो वर्ष कायम भएको बेरुजू समेत हालसम्मको अद्यावधिक बेरुजू ६ करोड ९२ लाख ५७ हजार पुगेको महालेखा परीक्षकको बार्षिक अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।