बिर्तामोड । 

गर्मीका कारण बिद्यालयमा पठनपाठनमा समस्या भएको भन्दै झापाको बिर्तामोड नगरपालिका भित्र रहेका बिद्यालयमा तीन दिन बिदा थप गरिएको छ  ।

अध्यधिक गर्मी बढेपछि नगरले नगरभित्रका बिद्यालयमा बिदा थप गरेको हो । अत्याधिक गर्मी बढेको भन्दै बर्खे तथा हिउँदे विदाबाट कटौती हुने गरी विदा थप गरिएको बिर्तामोड नगर शिक्षा कार्यालय शाखाले जनाएको छ ।

गत जेठ १९ देखि २१ गतेसम्म बिद्यालय बिदा दिइएपनि गर्मी नघटेको र बिद्यालयमा पठनपाठनमा समस्या भएको भन्दै २२ देखि २४ गतेसम्म बिदा थप गरिएको हो । 

बिर्तामोड नगर शाखा प्रमुख तिलचन भण्डारीले सूचना जारी गर्दै जेठ २४ गतेसम्म बिद्यालय बिदा दिन आग्रह गरेका छन् । निर्धारित परिक्षा बाहेक बिद्यालय बिदा दिन बिर्तामोड नगर शिक्षा शाखाले आग्रह गरेको छ ।