कनकाई । 

केही दिन यता अत्यधिक गर्मी बढेपछि झापाका अधिकांश पालिकाहरुले  धमाधम  विद्यालय बिदा दिएका छन्। अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई दिइएको विदा आईतबार र सोमबार  थप गरिएको हो ।

कनकाई नगरपालिकाले बिद्यालय बन्द गर्न जारी गरेको सूचनाको उल्लङ्घन गर्दै आएको सुरुङ्गाको हरिकुल नमूना माध्यमिक  विद्यालयले बिहानको समयमा कक्षा सन्चालन गर्न माग गरेको छ।

केही दिन यता अत्याधिक गर्मी बढेकाले बिहानको समयमा बिद्यालय सञ्चालन गर्न नगर समक्ष माग गरिएको बिद्यालयकी प्रवन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिइन् ।