• राजु बराल 

 चन्द्रगढी । 

झापाका माओबादी नेता चुडेन्द्र अधिकारीको पाँचौ स्मृति दिवसका अवसरमा जनयोद्धा हर्कमान सेन्चुरी फिलिपलाई सम्मान गरिएको छ ।

चुडेन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा भद्रपुर १० स्थित अधिकारीको निवासमा आयोजित कार्यक्रममा जनयोद्धा हर्कमान सेन्चुरी फिलिपलाई नगरले  नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र द्वारा आज (शनिबार) सम्मान गरिएको हो । 

भद्रपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तथा नेकपा माओबादी केन्द्र भद्रपुरका सचिव हङ्सधर राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजवंशी, सामाजिक अभियन्ता बाबुराम पराजुली र अधिवक्ता जीवन अधिकारीले समाज रुपान्तरणमा स्व. नेता चुडेन्द्र अधिकारी र सम्मानित ब्यक्तित्व हर्कमान सेन्चुरी फिलिपले पुर्याएको योगदानको चर्चा गरेका थिए ।  

प्रतिष्ठानका अध्यक्ष नरेश सन्जेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शर्मिला खाती र सन्चालन नरपति लिम्बुले गरेका थिए ।सोही कार्यक्रममा नरेश सन्जेलको अध्यक्षतामा चुडेन्द्र स्मृति प्रतिष्ठानको कार्यसमिति पुनर्गठन गरिएको छ ।

आगामी दुइ बर्षे कार्यकाल रहेको समिति उपाध्यक्षमा भारतसिंह राजवंशी, सचिवमा नरपति लिम्बु, सह–सचिव राजु दाहाल र  कोषाध्यक्ष कमला भट्टराई अधिकारी रहेका अध्यक्ष सन्जेलले बताए । पुनर्गठित समिति सदस्यमा रुद्र निरौला, शर्मिला खाती, रबिन सुब्बा, सबिता पुरी र चन्द्रमणि गौतम चयन भएका उनले जानकारी दिए।