बिर्तामोड । 

स्वच्छ समाजका लागि सामाजिक अभियान झापालाई दुई मनकारी दाताहरुले जमीन खरिदका गर्न आर्थिक सहयोग गरेका छन् ।  बुट्टाबारीका दाताराम र लक्ष्मी तिम्सीना तथा बिर्तामोड स्थित डिल्ली सुनिता ओली परोपकारी फाउण्डेशनले अभियानलाई आर्थिक सहयोग गरेका हुन् । 

तिम्सीनाले ५० हजार र फाउण्डेशनले २५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका हुन् । दवै दाताले उक्त रकम अभियानका अध्यक्ष गणेश ढुङ्गानालाई  प्रदान गरेका हुन् । 

असाहय, गरिब तथा दीन दुःखीहरुका लागि आश्रम निमार्ण गर्ने उदेश्यले लामो समयदेखि बजार क्षेत्रमा रहेका फोहोर संकलन गर्दै अभियान्ता गणेश ढुङ्गाना हिंडिरहेका छन् । पानीका बोतल, प्लाष्टिक सहितका अन्य फोहोर संकलन गर्दै त्यो  बिक्री गरेर असाहय, गरिबलाई राख्नका लागि आश्रम बनाउन ढुङ्गाना लागि परेका छन् । 

आश्रम निमार्ण गर्न अर्जुनधारा ११ मा १ कठ्ठा जग्गा बैना गरिसकिएको ढुङ्गानाले बताए । त्यही जग्गा खरिदका लागि एक धुर एक दाता अभियान अन्तर्गत अहिले सहयोग गर्दै आइरहेको पनि उनले बताए । यसअघि उपाध्यक्ष शेर बहादुर थापा, गोपिकृष्ण खरेल, निमा तामाङ, कृष्ण गिरी, सुर्यप्रसाद कन्दङ्गवा लगायतले एक एक धुरको रकम हस्तान्तरण गरिसकेको छन् । 

अभियान्ता ढुङ्गानाले फोहोर संकलन गरेको देखेर दाताहरुले सहयोग गरेका हुन् । रकम हस्तानतरण कार्यक्रममा अभियानका सल्लाहकार बोलप्रसाद कोइराला, दाताहरु तिम्सीना, डिल्ली ओली र सुनिता ओली लगायतले सकारात्मक कार्यमा आफुहरुले सहयोग गरेको बताए ।  कार्यक्रमको सञ्चालन अभियानका सन्चार सम्योजक  रञ्जित परियारले गरेका थिए ।