चन्द्रगढी ।
सस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) को कोशी प्रदेश अधिबेशन असोज ६ गते इटहरीमा हुने भएको छ ।सस्थागत बिद्यालय शिक्षक युनियन कोशी प्रदेश कमिटीका अध्यक्ष यादव अधिकारीको अध्यक्षतामा आज (शनिबार) झापाको दमकमा बसेको बैठकले उक्त निर्णय गरेको युनियनका प्रदेश सहसचिव राजु बरालले बताए।
बैठकले प्रदेश अधिबेशन सम्पन्न गर्न प्रदेश अध्यक्ष यादव अधिकारीको संयोजकत्वमा दिपक भट्टराई, होमराज खतिवडा, मनोज खनाल र यज्ञराज श्रेष्ठ सदस्य रहेको आर्थिक समिति गठन गरेको छ ।
त्यस्तै प्रदेश सह–सचिव राजु बरालको संयोजकत्वमा सान नेपाल, द्रोण अधिकारी, दिपक भट्टराई र शम्भु रेग्मी सदस्य रहेको अधिबेशन प्रचारप्रसार समिति चयन गरेको छ । सोही प्रदेश अधिबेसनसँगै सुनसरीको सातौ जिल्ला अधिबेसन समेत सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।