बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित कुचो बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकालको आर्थिक सहयोगमा सन्देश महिला बंगुर पालन कृषक समुहले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।
तालिममा शुभ विहानी शेर्मा टोलका २५ जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुचो सबैका घरमा आवश्यक पर्ने भएकोले तालिम उपलव्धि मुलक बनाउन आग्रह गरिन् । व्यवसायिक रुपमा यो पेशालाई अगाडि बढाउन सकिने भन्दै उनले तालिम उपयोगी बन्नेमा विश्वास व्यक्त गरिन् । तालिम समापन कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।
तालिममा सहभागीहरुलाई स्थानिय विरु राईले प्रशिक्षण दिएका थिए । उक्त क्षेत्रमा कृषकहरु धेरै रहेको र त्यसमा पनि महिलाहरु घरमै बस्ने भएकोले विभिन्न प्रकारका उपयोगी कृषि तालिमको व्यवस्था गर्न तालिम आयोजक समिति संयोजक आइतमाया शेर्माले आग्रह गरिन् । सहभागीहरुलाई नगर प्रमुख प्रसाई र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले प्रमाण पत्र वितरण गरेका थिए ।