सुरुङ्गा ।  

झापाको कनकाई बहुमुखी क्याम्पसको अभ्यास पत्रकारिता सामग्री ‘कनकाई सन्देश’ को लोकार्पण गरिएको छ । मानविकी स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको प्रकाशनमा वर्ष १२ अंक १ को ‘कनकाई सन्देश’ लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार तथा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलहारीले पुस्तकको लोकार्पण गरेका हुन् । कनकाई बहुमुखी क्याम्पसका मानविकी स्नातक तह तेस्रो बर्ष समूहका विद्यार्थीहरुले हरेक बर्ष अभ्यास पत्रकारिताका रुपमा उक्त पुस्तक प्रकाशन गर्दै आइरहेका छन् ।

पुर्णचन्द्र मैनालीको सभापतित्वमा भएको  कार्यक्रमको कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल, क्याम्पसका प्रमुख विकास उप्रेती, मानविकी संकाय प्रमुख कुमार पाठक, क्याम्पसका स्ववियु सभापति चेतन आचार्य, साहित्यकार प्रेम प्रभात, जीवनप्रसाद ढकाललगायातको उपस्थिति रहेको थियो ।

पुस्तकको समिक्षा क्याम्पसका प्राध्यापक बिष्णुप्रसाद कोइरालाले गरेको कार्यक्रमको सञ्चालन प्रतिक ढकाल र लोकेन्द्रराज दाहालले संयुक्त रुपमा गरेका थिए ।