हल्दिबारी । 

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दिबारी गाउँ समितिको अधिवेशनले रामबहादुर लावतीको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

हल्दिबारी–४ मा शनिवार भएको अधिवेशनले लावतीलाई अध्यक्षमा चयन गरेको हो । अधिबेशनले उपाध्यक्षमा सुमन ठकुरी, संजय चौधरी, मौसम रिजाल, अंकुश थापा,  सचिबमा हरि शंकर संग्रौला, सह–सचिबमा युवराज तामाङ र कोषाध्यक्षमा जीवन अधिकारीसहित ४३ सदस्य नयाँ कार्य समिति चयन भएको हो ।  

गाउँपालिका स्तरीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य नवराज पनेरुको  प्रमुख अतिथ्य रहेको थियो । 

कार्यक्रममा कोशी प्रदेश युवक संगठन अध्यक्ष  राजकुमार योख्या, हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, राप्रपा अध्यक्ष केशबप्रसाद ओझा, युवक संगठन झापा अध्यक्ष राजकुमार राई, युवक संगठन क्षेत्रीय अध्यक्ष सन्तकुमार थापालगायत पार्टीका  नेता तथा कार्यकताको उपस्थिति रहेको थियो ।