बिर्तामोड ।

झापाको बिर्तामोडमा भूमिहिन सुकुम्बासी समस्या, चुनौती र समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटिको आयोजनामा शनिबार(आज)  एक दिने अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा बिर्तामोड क्षेत्रभित्र रहेका सुकुम्बासीहरुले आ–आफ्नो समस्या राखेका थिए । 

सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै राष्ट्रिय भूमि आयोग झापाका विज्ञ सदस्य सानुकुमार लामाले बिर्तामोड नगरपालिकाले आयोगमा सुकुम्बासीको लिस्ट नै नपठाएको बताए । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मशिला चापागाईँले सुकुम्बासी, दलित, जनजाति लगायतको समस्यामा लागिरहने पार्टी नै माओवादी केन्द्र भएको बताइन् ।  

पार्टीको बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका  सदस्य तारा सुवेदी, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा झापा सहइञ्चार्ज ज्योतिसिंह दर्लामी, प्रदेश सदस्य अरुण श्रेष्ठ, जिल्ला संयोजक राजु आचार्य (अग्नी) लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नगर उपाध्यक्ष कमल कडरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गणेश कालिकोटेले गरेका थिए ।