• चन्द्र बस्नेत 

कनकाई । 

झापाको कनकाई नगरपालिकाले  नगरका सबै वडामा जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ ।नगरपालिकाले बडागत रुपमा जग्गा वर्गीकरणको कामलाई अघि बढाउने क्रममा सबै वडामा वर्गीकरणको काम सम्पन्न भएको र एक, तीन  र आठ नम्बर वडामा भने नक्साको काम पनि सम्पन्न भईसकेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् ।

 हप्तादिन भित्रैमा सबै वडाको नक्साको काम सम्पन्न गरि बुक लिस्ट  तयारका लागि जिल्ला मालपोत कार्यलय झापामा बुजाउने तयारी भईरहेको कनकाई नगर जग्गा वर्गीकरण सर्वेक्षक दिवस ओलीले जानकारी दिए।  भु–उपयोग नियम तथा ऎन २०७९ अनुसार कनकाईमा जग्गा वर्गीकरणलाई  दश भागमा वर्गीकरण गरिएको  नगर प्रमुख पोखरेलले जानकारी दिए।

कृषि ओग्य जमिन, आवश, व्यवसायीक, औध्योगिक, सास्कृतिक तथा पुरातात्त्विक, वन–जङ्गल, खोला–नाला, सार्वजनिक तथा अन्य लगायत गरि दश भागमा छुट्याइएको  नगर प्रमुख पोखरेलको भनाई छ।

यता जग्गा वर्गीकरणलाई कोही  कसैले अन्तिम भेरिसिकेशन गर्नु परेमा एक हप्ताको समयका लागि सूचना पनि जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए।त्यसैगरी नगरमा रहेका भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोबासीहरुलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा  समेत बितरण गरिएको  प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले  जानकारी दिए।

नगरपालिकाले बडागत रुपमा  जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण  कार्यलाई पनि तिव्रता दिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए। 

नगरमा बसोवास गर्ने मध्ये सात हजार ९१ जनाले जग्गा धनी दर्ता प्रमाण पूर्जाका लागि आवेदन दिएका मध्ये विभिन्न वडामा भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरिएको उनले बताए। कनकाई नगरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई नगरपालिकाले जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण सुरु गरेसँगै नक्साको अन्तिम भेरिसिकेशनको काम यतिबेला भईरहेको कर्मचारी विजय पाठाकले जानकारी दिए ।   

नगरमा भूमिहिन दलित तीन सय ३७, भूमिहिन सुकुम्वासी दुई हजार तीन सय २९, अब्यवस्थित बसोबासी चार हजार चार सय २५ जना रहेको बताइएको छ । जसमा कित्ता संख्या आठ हजार सात सय ७८ रहेको भूमि शाखा संयोजक रन्जिता कट्टेलले बताए।जग्गा धनी दर्ता प्रमाण पूर्जा पाउँ भन्दै आवेदन दिएका मध्ये सबै वडामा  नक्साको नापजाँचको अन्तिम काम गरे लगत्तै जग्गा धनी पुर्जा उप्लब्द गराउने नगर प्रमुख पोखरेलले बताए ।