बिर्तामोड ।
नेकपा (माओवादी केन्द्र ) बिर्तामोड नगर कमिटीको आयोजनामा सुकुम्बासी समस्या सामधान गर्ने कार्यमा स्थानिय सरकार तथा झापा जिल्ला भुमि आयोगको ढिला सुस्तीलाई खबरदारी गर्ने उदेश्यले अन्तरक्रिया गर्ने भएको छ ।
पार्टीले भोली जेठ ६ गते शनिवार ‘भूमिहिन सुकुम्बासीका समस्या, चुनौति र सामधान’ विषयक नगर स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
बिर्तामोड नगरका १० वटै वडाका भुमिहिन सुकुम्बासीहरु, राजनीतीर्की, समाजसेबी, बुद्धिजिबि, पार्टी केन्द्र, प्रदेश, जिल्ला, नगरका नेता, वडा इन्चार्ज, वडाध्यक्षलगायतलाई अन्तरक्रियामा सहभागीताका लागि बिर्तामोड नगर पार्टीले आग्रह गरेको नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।