बिर्तामोड । 

नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले झापाको बिर्तामोडमा विरोध प्रर्दशन गरेको छ । रेशम चौधरी तथा पार्टीका नेता तथा कार्यकर्तालाई रिहाईसहित कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै शुक्रवार(आज) बिर्तामोडमा विरोध प्रर्दशन गरेका हुन् । 

उनीहरुले चौधरीलाई विना सर्त रिहाई गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, निर्दाेष ठहर भएका थारु नेताहरुलाई क्षतिपूर्ति दिनुपर्ने, कैलाली टिकापुरको घटनालाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्नेलगायतका मागसहित बिर्तामोडस्थित मुक्ति चौकमा विरोध सहितको कोणसभा गरेका हुन् ।

nagarik unmukti

त्यस्तै उनीहरुले पार्टीका युवा नेता पूर्ण सुहाङलाई तुरुन्त रिहाई गरिनु पर्ने  र  सम्पूर्ण पहिचानवादीहरु एक हुनसमेत आग्रह गरेका छन् ।

र्याली पछिको कोण सभालाई नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का केन्द्रीय सदस्य तथा कोशी प्रदेश खारेज संघर्ष समितिका संयोजक धनवहादुर पन्धाक सुब्बा, पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्ग, केन्द्रीय सदस्य दीनेशचन्द्र राजवंशीले सम्वोधन गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका महासचिव दिलकुमार लावतीले गरेका थिए ।