झापा ।
झापाबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा दमक नगरपालिका वडा नम्बर ४ अडिया महलमा ब्राउन सुगर बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दमक–४ का २८ बर्षिय दाम भन्ने सुसन धिमाल, दमक–९ का २७ बर्षिय अभिषेक विश्वकर्मा र सोही स्थानका २० बर्षिय तिन्तुस मुन्ना रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई चेकजाँच गर्दा मलद्वारमा लुकाई राखेको प्रतिबन्धित लागू औषध ब्राउन सुगर १० ग्राम फेला परेकोले पक्राउ गरिएको हो । उनीहरुले प्रयोग गर्ने को ३९ प ६८७५ नम्वरको आर १५ मोटरसाइकल, को १४ प २२९० नम्वरको बुलेट मोटरसाईकल र २ थान मोबाइलसहित नियन्त्रणमा लिइएको जनाईको छ ।
पक्राउ गरिएको उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो घटनामा दमक–९ का अन्दाजी २५ बर्षिय रोशन विश्वकर्मा समेत संलग्न रहेको खुल्न आएकोले उनको खोजतलास भइरहको प्रहरीले जनाएको छ ।