मेचीनगर । 

झापाको मेचीनगरमा माओवादी सम्बद्ध जनवर्गीय संगठनले  भ्रष्टाचार विरुद्ध ऐक्यबद्द्ता जनाउदै बुधबार (आज) साँझ खबरदारी गरेको छ । भ्रष्टाचारको अन्त्य भएमात्रै देशको चौतर्फी बिकास हुने भन्दै मोबाइल र टर्चलाईट बालेर खबरदारी गरेको हो । खबरदारी कार्यक्रमअन्तर्गत धुलाबारी मोडमा नारासहित ‘लाईट र्यालि’ समेत सम्पन्न गरेको छ ।

संगठित अपराध रास्ट्रघात हो, भ्रष्टाचार जनघात हो, जस्ता नारासहित निस्केको र्यालिले धुलाबारी मोड परिक्रमापछि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै माओवादीका क्षेत्रीय अध्यक्ष माधव अर्यालले देशमा सबैखाले भ्रष्टाचार झन् झन् मौलाएकोले सबैले पार्टी(बिचारभन्दा माथि उठेर भ्रष्टचार विरुद्धमा एकजुट हुनसमेत आग्रह गरेका थिए ।

उनले वर्तमान सरकारमा देखिएका आरोपलाई पुष्ठि गर्न र भ्रष्टाचार गरेको प्रमाणीत भए कार्वाहीको दायरामा आएर सुदृढीकरण हुन आग्रह गरे । बिगतमा भएका सबै भ्रष्टाचार काण्डलाई छानबिन गरि भ्रष्टाचारीलाई उन्मुक्ति नदिन आग्रह गरे ।

कार्यक्रम बाइसेल नेपालका इन्चार्ज दिपक नेपालले संचालन गरेका थिए । कार्यक्रममा माओवादी सम्बद्द विभिन्न जनवर्गीय संगठनको सहभागिता रहेको थियो ।