भद्रपुर ।
नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित हेमराज ढकाललाई झापामा रहेका वस्तुगत संघहरुले सम्मान गरेका छन् ।
वस्तुगत संघहरुले ढकालसँगै झापाबाट प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित केन्द्ीय सदस्यहरुलाई पनि सम्मान गरेका छन् ।
नेपाल चिया उत्पादक संघको अगुवाइमा नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघ, नेपाल सुपारी खेती विकास संस्था, नेपाल भेनियर उत्पादक संघ, नेपाल प्लाईउड उत्पादक केन्द्रीय संघ, पूर्वाञ्चल प्लाईउड संघलगायतले महासंघका वस्तुगत उपाध्यक्ष ढकाल, नवनिर्वाचित केन्द्रीय सदस्य दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठ, वस्तुगततर्फकै केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ र भक्त हमाललाई संयुक्त रुपमा बधाइसहित सम्मान गरेका हुन् ।


















