बिराटनगर।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बुधवार (आज) नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गरेका छन् ।
उनले निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई दैवि प्रकोपको बिपदमा परेका नागरिकहरुको तत्काल उद्दार गरी जन धनको सुरक्षामा अहम भुमिका निर्वाह गर्न तथा मानव अधिकारको संरक्षण गर्दै विभिन्न किसिमका हुल दंगा, चक्का जाम, घेराउ, धर्ना जस्ता सम्वेदनशील, असामाजिक तथा आपराधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्यमा बल प्रयोग गर्दा बल प्रयोगका सिद्धान्तलाई आत्मसात गर्दै स्थितिलाई सामान्य बनाउन निर्देशन दिए ।
साथै उनले दैवि प्रकोपको बिपदमा उद्धार कार्यका लागि गणमा कार्यरत प्रहरी कर्मचारीहरुको उल्लेखनिय भुमिका रहने हुँदा आवश्यक उद्धार सामग्रीसहित चौबिसै घण्टा तयारी अवस्थामा रहन समेत निर्देशन दिए । उनले बिशेष सुरक्षा गण दुहबीको परिसरमा बृक्षारोपन समेत गरेका थिए ।