बिराटनगर ।
झापा र मोरङको छुट्टा छुटै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन । बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाको प्रहरीको टोलीले झापाको कनकाई नगरपालिका ४ बाट सोही स्थानका ४२ बर्षीय प्रेम बिश्वकर्मा र १७ बर्षीय सलिन आलमलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी ईलाका प्रहरी उर्लाबारीबाट खटिएको प्रहरीको टोलिले प्रदेश १–०२–०५० प ५४४४ र मे।५ प ८८२४ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा मोटरसाईकल चालक उर्लाबारी नगरपालिका ४ का ३१ बर्षीय अर्जुन श्रेष्ठको साथबाट २ ग्राम ४९० मिलिग्राम र सन्जय प्रधानको साथबाट ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका चारैजनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।