बिराटनगर।

मोरङको बिराटनगर महानगरपालिका–१७ बाट साँढे तीन लाख भन्दा बढी रुपैयाँको अबैध समानसहित ओसार–पसारमा संग्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको (आरआईटी) समुहबाट खटिएको प्रहरी टोलीले मंगलबार (आज) को १ च ६३२८ नम्बरको मारुति भ्यानमा भारतबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ६४ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु बरामद गरेको हो ।

समान बरामद भएसँगै चालक बिराटनगर–१७ का मोहम्मद उसवानलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।