बिर्तामोड।
बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको वुट्टावारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ । वुट्टावारीमा मंगलबार (आज) ६ दशमलब २ किलोमिटर लम्वाई रहेको सडकको शिलान्यास भएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले सडक शिल्यास गर्दै सो सडक नगर गौरवको आयोजनाका रुपमा रहेको बताइन् ।
विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौंता भएको छ । १२ मिटर चौडाई रहेको यो सडकलाई ७ मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दाँया वाँया डेन निर्माण गरिने छ भने सडकको दुवैतर्फ सडक वत्ती, गार्डेन , फुटपाथ रहने छ ।
सडक निर्माणका लागि आरपी स्याप समता जेभीले ठेक्का पाएका छन् भने परामर्श दाताका रुपमा डीभी मल्टीशिल्ट उदयगंगा रिदाग आरसी जेभी रहेका छन् । सडकले बिर्तामोड ६, ७ र ८ नम्वर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुनेछ । सडकको विषयमा नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए ।
बिर्तामोड नगरपालिका वर्डा नम्वर ६ का वडाध्यक्ष सूर्य कन्दंवाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका निर्वतमान मेयर ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराई , राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेवी जवेगू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए ।