भद्रपुर । 

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगर आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् ।

महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतलाई सपथ गराएपछि ढकालले राउतलाई पद हस्तान्तरण गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा अध्यक्ष टिकाराज ढकालले आफ्नो कार्यकालमा भएका प्रगतिसहितको अन्तिम मन्तव्य राखेका थिए भने नवनिर्वाचित अध्यक्ष राउतले आगामी तीनवर्षे कार्ययोजनासहित प्रतिबद्धता मन्तव्य राखेका थिए । 

गत चैत ९ गते झापाको विर्तामोडमा सम्पन्न अधिवेशनबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सर्वसम्मत चयन भएको थियो ।