बिराटनगर।
मोरङको बिराटनगर महानगरपालिका–११ पाञ्चाली मोडबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिराटनगर–१५ का ४३ बर्षिय अनिल यादब रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (आरआईटी) बाट खटिएको प्रहरी टोलीले BR33Z 9796 नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई शंका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ४ लाख ६२ हजार ५ सय बरामद गरेको हो ।
स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।