• रन्जित परियार  

बुट्टाबारी । 

स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापालाई निमा तामाङले पचास हजार रुपैयाँ सहयोग गरेका छन् । 

अभियानले असहाय, अनाथ, दृष्टिबिहिन बस्ने आश्रम बनाउने क्रममा जमिन खरिदका लागि एक धुर एक ब्याक्ति सहयोगी दाताकोहरु सहयोग अभियान अन्तर्गत केहि धुर जमिनका लागि सहयोग जुटि सकेको र सोही क्रममा बिर्तामोड ६ बुटाबारीका निमा तामाङले स्वर्गीय बुबा बमबहादुर र माता कुमारी तामाङको स्मृतिमा अनाथ,असहाय र दृष्टिबिहिनहरु बस्ने घर निर्माणको लागि आधा धुर जमिन खरिद गर्न अभियानलाई सहयोग गरेको बताएका छन् । 

अभियानले अर्जुनधारा ११ देवनिया बस्ती  प्रगति टोलमा एक कठ्ठा जमिन खरिद गरेको अभियन्ता गणेश ढुंगानाले बताए । 

दिनहु विभिन्न नगरपालिकाका वडाहरु तथा बजार,चोक, बिद्यालय आदिमा रहेको फोहोर प्लास्टिक सिसाहरु सकलन गरि बिक्री गरि आएको रकम पनि अभियान मै जम्मा गरि जमिन खरिद गर्दै गरेको ढुंगानाले बताए । जमिन खरिदका लागि सहयोगी हातहरु आइ रहेको वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापाले बताए । 

कार्यक्रममा सल्लाहकार समाजसेवी गंगाप्रसाद मैनाली, बिपि कोइराला, नरेन्द्र खड्का, भुपेन्द्र श्रेष्ठ, दाताराम तिम्सिना, जगतबहादुर मगर, बुद्धिलाल चौधरी लगायतले दाता तामाङप्रति धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । 

अर्जुनधारा नगरपालिका ११ कि जनप्रतिनिधि सुशीला गिरिको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको अध्यक्षता अभियन्ता गणेश ढुंगाना र संचालन सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए ।