झापा । 

प्रतिबन्धित लागू औषध गाँजासहित दुई जना महिला झापाबाट पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा विर्तामोड नगरपालिका वडा नम्बर ५ सुकुम्बासी बस्तीकी अन्दाजी ६० बर्षिया सैरुन खातुन भन्ने चम्फा चौधरी र दमक नगरपालिका वडा नम्बर ३ शान्ति मार्गकी  ६५ बर्षिया फुलमाया लिम्वु राई रहेका छन् । 

दमक–३ शान्ति मार्गमा लागूऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र प्रहरी टोली र शसस्त्र प्रहरी बल वेलडाँगीको शसस्त्र प्रहरीसँगको संयुक्त टोलीले फुलमाया लाई १७ केजी गाँजासहित फेला पारी नियन्त्रणमा लिएको हो । 

त्यसैगरी अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले जिल्ला विर्तामोड–५ सुकुम्बासी बस्तीकी चम्फालाई प्रतिवन्धित लागूऔषध गाँजा बिक्री गर्न छुट्टाछुट्टै प्लाष्टिकमा प्याक गरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजासहित उनको साथमा रहेको ३ हजार ९०० रुपैयाँ नियन्त्रणमा लिएको हो । 

चम्फालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर र फुलमायालाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।