- राजु बराल
चन्द्रगढी ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को भद्रपुर नगर अध्यक्षमा गंगा लम्साल चयनभएकी छिन् । अनेम संघ (क्रान्तिकारी) का झापा जिल्ला कमिटिका सचिव इन्दिरा कार्कीको प्रमुख आतिथ्यमा शनिबार भद्रपुर स्थित नेपाल सामुदायिक बिकास केन्द्रको सभा हलमा सम्पन्न नगर भेलाले लम्सालको अध्यक्षतामा २८ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो ।
नवगठित नगर कमिटी उपाध्यक्षमा सबिता पुरी, केशव कुमारी दाहाल र पार्वती श्रेष्ठ चयन भएका छन् भने सचिवमा सन्चमाया लिम्बु, सह–सचिवमा ललिता राजबंशी र कोषाध्यक्षमा डिकमाया मिश्र चयन भएका नेकपा माओबादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभन्डारीले बताए।
सम्झना सुबेदी सत्यालको अध्यक्षता र गंगा लम्सालको सन्चालन रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि इन्दिरा कार्की, नेकपा माओबादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभन्डारी, स्वर्णिका सिंह, शर्मिला खाती, सिता नेउपाने, हंसधर राजबंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।