- राजु बराल
चन्द्रगढी ।
राष्ट्रिय स्वतन्त्र पार्टीको भद्रपुर नगरपालिका वडा नम्बर ९ को सभापतिमा बालानन्द पराजुली चयन भएका छन् । पार्टीका झापा जिल्ला उप–संयोजक प्रकाश पाठकको प्रमुख आतिथ्यमा भद्रपुर ९ को देवकोटा चोक स्थित मुना सामुदायिक भवनको सभाहलमा आज (शनिबार) सम्पन्न वडा भेलाले पराजुलीलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
नव गठित समितिको उपसभापतिमा सागर दाहाल, सचिवमा ताराचन राजबंशी चयन भएका छन् भने सदस्यमा रन्जिता बस्नेत चौहान, जमुना तिवारी भन्डारी, सिता लुइटेल, उमादेबी खत्री, राज सिंह कोइरी, पुस्कर अधिकारी, लीलाराज उप्रेती र सोमनाथ सिग्देल रहेको पार्टीका भद्रपुर नगर सचिव दिवाकर मैनालीले बताए।सोही भेलाले रिपिट एक्शन टिम (आरएटी) संयोजक युवराज ढकाल, सह–संयोजक निलम पाठक र सचिव भुवन कार्कीलाई चयन गरेको समेत सचिव मैनालीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि रास्वपा झापा उपसंयोजक प्रकाश पाठक, पार्टीका कोशी प्रदेश सदस्य पुकार कोइराला, भद्रपुर नगर अध्यक्ष प्रेम नेउपाने लगायतले पार्टीको नीति तथा कार्यक्रमको बारेमा चर्चा गर्दै जनताको अवस्थामा परिवर्तन ल्याउने उद्देश्यले रास्वपा बैकल्पिक शक्तिको रुपमा आएको धारणा राखेका थिए ।
बालानन्द पराजुलीको सभापतित्व र दिवाकर मैनालीको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत निर्मला बस्नेतले गरेकी थिइन् ।