चन्द्रगढी ।
बराल बंश प्रतिस्ठान भद्रपुर नगर संयोजकमा कुबेर बराल चयन भएका छन् । भद्रपुर नगरपालिका भित्र बसोबास गर्ने बराल बन्धुहरुको आज (शनिबार) चन्द्रगढी स्थित वीरेन्द्र माबिको सभाहलमा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो ।
नव गठित तदर्थ समितिको सह–संयोजकमा चन्द्रकुमार बराल, सचिव राजु बराल र कोषाध्यक्ष बिष्णु बराल रहेका छन् भने सदस्यमा बिमल बराल, दुर्गा बराल, नेत्र बराल, छबिलाल बराल, नन्दन बराल, दिपेन्द्र बराल र मेनुका बराल रहेका सचिव राजु बरालले बताए।
बराल बंश प्रतिस्ठान जिल्ला कार्य समिति झापाका सदस्य लोकराज बरालको अध्यक्षता र राजु बरालको सन्चालनमा सम्पन्न सो भेलाले भद्रपुर नगर क्षेत्र भित्रका बराल बन्धुहरु एकताबद्ध भई आफ्नो कुल परम्परा, धर्म, सस्कृतिको संरक्षण गर्दै समग्र भद्रपुरको सामाजिक गतिविधिमा सकृय सहभागिता जनाउने निर्णय गरेको सचिव राजु बरालले जानकारी दिए।


















