सुनसरी ।

सुनसरीको ईनरुवा नगरपालिका ८ डुम्राहामा सर्पको टोकाईबाट नाबालिकाको मृत्यु भएको छ ।

शुक्रबार राति साढे १० बजेको समयमा दिनेश उरावको १० महिनाकी छोरीले आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा मुसाको दुलोमा हात हाल्दा सर्पले टोकेर घाईते भएकि थिइन् ।

घाईते उनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा ल्याउने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।