दमक ।
झापा दमकका व्यवसायी तथा लायन्स क्लव अफ झापा दमकका संस्थापक सदस्य बिष्णु साहले बैबाहिक बर्षगाँठको अवसर पारेर विपन्न एक परिवारलाई खाद्यन्न तथा दैनिक उपयोगी सामान सहयोग गरेका छन् ।
शाह पत्नी सीतादेवीसहितले क्लबको आयोजनामा शुक्रबार(आज) झापा गाउँपालिका वडा नं ७ मदरगाछका राजकुमार गणेशको घरमै पुगेर खाद्यन्न सहयोग हस्तान्तरण गरेका हुन् । काम गर्न नसक्ने भएपछि बृद्धा आमा साहरामा बाँचेका गणेशको परिवारलाई क्लवको संयोजनमा ५० केजी चामल, दाल, तेल, नुन साबुन लगायतका दैनिक आवश्यकीय सामाग्रिहरु उपलब्ध गराएको क्लवका अध्यक्ष अशोक चौधरीले बताए ।
करिब दुई बर्ष अघिदेखि घुँडामा टयुूमर पलाएर बिरामी परेका गणेशको उपचार तथा दैनिक जीवनयापन कष्टकर रहेको बुझेपछि सहयोग प्रदान गरिएको हो । क्लबका अध्यक्ष चौधरीको अध्यक्षता र सो वडाका वडाध्यक्ष सखिचन्द्र ठाकुर उपचारमा सहयोग जुटाइरहेका काजी राउत लगायतका क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
क्लबले आफना सदस्यहरुको विशेष दिनमा हुने फजुल खर्चको सट्टा सेवामुलक काममा खर्चिन अभिप्रेरित गर्दै आएको क्लबका सचिव विष्णुप्रसाद पोखरेलले बताए ।