हल्दिबारी । 

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा झापाको हल्दिबारी गाउँपालिकाले १२ लाख ७८ हजार ९६१ रुपैयाँ मात्र सवारीसाधन मर्मत खर्च गरेको छ । २०७९ साउनदेखि २०८० बैशाख १४ गते सम्मको अबधिमा जम्मा ४२ पटकमा उक्त रकम भुक्तानी भएको गाउँपालिकाले जनाएको हो ।   

हाल हल्दिबारी गाउँपालिकामा १ थान जेसिभि रहेको छ । जेसीभिको यस अबधिको जम्मा मर्मत खर्च ३ लाख १० हजार ३८४ रूपैयाँ भुक्तानी भएको छ । पालिकामा एउटा महेन्द्र स्कारपियो समेत रहेको छ । यस अबधिमा स्कारपियो मर्मतका लागि जम्मा १ लाख ८३ हजार २५ रूपैयाँ खर्च भएको गाउँपालिकाको सवारी साधन मर्मत खर्च बिबरणमा उल्लेख छ । 

त्यसैगरी हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र जलथल प्रहरी चौकी, घेराबारी सशस्त्र प्रहरी चौकी, हल्दिबारी प्रहरी चौकी र गोलधाप प्रहरी चौकीमा एक/एक थान गरेर जम्मा २० वटा मोटरसाईकल र एउटा स्कुटी रहेका छन् । यस अबधिमा मोटरसाईकल र स्कुटीलाई मर्मत खर्च वापत ७ लाख ८५ हजार ५५२ रूपैयाँ खर्च भएको पालिकाको बिबरणमा उल्लेख छ । 

सवारीसाधन मर्मत खर्च र इन्धन खर्च पालिकाका अति आवश्यक शाखा, प्रहरी चौकी तथा ब्यक्तिहरुलाई मात्र उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।   

यस्तो छ पालिकाको सवारीसाधन मर्मत खर्च : 

h1

h2

h3