भद्रपुर । 

डिभिजन बन कार्यलय झापाले जडिवुटी खेती विस्तार तथा नर्सरी प्रजातिको विकासमा अनुदान दिने भएको छ । झापाको भद्रपुरस्थित बन डिभिजन कार्यलयमा बसेको जडिबुटी फोकन पर्सनको बैठकले झापाका ७ गाँउपालिका तथा नगरपालिकामा जडिवुटी प्रजाति छनौट गरि खेती विस्तारमा अनुदान दिने निर्णय गरेको हो ।

झापाका विर्तामोड, मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा, गौरादह नगरपालिकासहित हल्दिवारी गाँउपालिकामा जडिवुटी खेती विस्तारमा लगानी गर्ने निर्णय गरिएको फोकन पर्सन तथा जडिवुटी सञ्जाल सचिव राजकुमार ओलीले जानकारी दिए ।

झापामा सतावरी, पामारोजा, पचौली, तुलसी, अस्वगन्धा र लेमनग्रास खेतीलाई प्राथमिकता दिइएको डिभिजन वन कार्यलयकी योजना अधिकृत अन्जना पुरीले जानकारी दिइन् ।  गत वर्ष यस्ता किसीमका अनुदान गौरादह, अर्जुनधारा, हल्दिवारी, मेचीनगरमा मात्रै दिने निर्णय भएको थियो । 

डिभिजन बन कार्यलय झापाले जडिवुटी फोकल पर्सन टिमले दिएको राय र सुझावको आधारमा अनुदान छनौट गरि लगानी गर्ने तयारी गरेको योजना अधिकृत पुरीले जानकारी दिइन् ।