• राजु बराल 

चन्द्रगढी ।

देवकोटा जेष्ठ नागरिक समुहको आयोजनामा चन्द्रगढ मोक्षघाटको शुद्धीकरण गर्ने उद्देश्यले एकदिवसीय श्रीमद भागवत ज्ञान महायज्ञ मङ्लबार सम्पन्न भएको छ ।

गुरु मित्रप्रसाद भट्टराईको प्रमुख वाचकत्वमा भद्रपुर १० को चन्द्रगढ छेउ देउनिया झोलुङेपुल दक्षिण  सम्पन्न ज्ञान महायज्ञमा २७ जना गुरुहरुबाट श्रीमद भागवत, चन्डी, रुद्री पाठ गरिएको थियो ।

मुख्यतया झापाको भद्रपुर वडा नं. ९ र १० का साथै बिर्तामोड वडा न ७ र ८ का भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको सोहि कार्यक्रममा  भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा चन्द्रगढ मोक्षघाटको शिलान्यास गरिएको छ ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराइको अध्यक्षता, अनुज खतिवडाको सन्चालन र गोकुल ढकालले स्वागत गरेको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि पोखरेल, पुर्व मन्त्री ओमप्रकाश सरावगी, भद्रपुरका उप–प्रमुख राधा कार्की, वडा नं. ९ का अध्यक्ष राम दाहाल, बिर्तामोड ७ का अध्यक्ष अबिरल कृष्ण खरेल, सुन्दर निचाझोडा सामुदायिक वन अध्यक्ष बद्री प्याकुरेल, राजेन्द्र रिजाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।