कनकाई ।
झापाको कनकाई नगरपालिकास्थि सुरूङ्गाको एक होटलमा २४ वर्षिय एक महिला मृत फेला परेकी छन् । सुरूङ्गा बजारमा चालु अवस्थामा रहेको हाम्रो पाथिभरा होटल एण्ड लज सञ्चालनका लागि भाडामा लिएको एक कोठामा २४ वर्षिया सीता वुढाथोकी चौधरी मृत अवस्थामा मृत फेला परेकी होटलका सञ्चालकले बताए।
होटल एण्ड लज सञ्चालनमा रहेको घरमा कोठा भाडामा लिएर विगत नौ महिनादेखी बस्दै आएकी बुढाथोकी सुरुङ्गाको झापारोड स्थित एक होटलमा काम गर्दै आएको बताइएको छ । मृतका श्रीमान रमेश चौधरी भने सोही घरमा नै रहेको होटलमै काम गर्दै आएको होटलका संचालकको भनाई छ।
गए राती १० बजेदेखी आँफूहरु सुत्ने कोठामा नभएको बताउँने श्रीमान रमेश चौधरीले विहान उज्यालो भएपछि होटलले प्रयोग गर्दै आएको खाली रहेको अर्को एक कोठामा झुन्डिएको अवस्थामा फेला बताएका छन्। मंगलबार (आज) इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली घटना स्थलमा पुगेको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय विर्तामोडमा जानकारी गराएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानवहादुर मिश्रले जानकारी दिए । विर्तामोडको प्रहरी टोली घटना स्थलमा आएपछि आवश्यक प्रक्रिया अघि बढ्ने मिश्रको जानकारी दिए ।