हल्दिवारी। 

विश्व रेडक्रस दिवसका अवसरमा नेरेसो हल्दिवारी उपशाखाले असल सासू तथा बुहारी संमान कार्यक्रमको आयोजना  गरि मनाएको छ । कोशी प्रदेशसभा सदस्य लविलाल चुडालको प्रमुख आतिथ्य तथा  उपशाखा सभापति कर्णखर प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ असल सासू तथा ७ जना असल बुहारीलाई नगद र प्रमाणसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

सम्मानित हुने असल सासूमा हल्दिवारी– १ गोलधापकी फटिकादेवी रेग्मी तथा हल्दिवारी–२ की खिरमाया रिजाल रहेका छन् । त्यसैगरी असल बुहारीहरुमा हल्दिवारी–१ गोलधापकी प्रेमावती न्यौपाने र राधिका दाहाल रिजाल हल्दिवारी–२ कि सुमित्रा खतिवडा आचार्य, इन्दिरा निरौला भट्टराई र सारावती राजवंशी रहेका छन् ।

उक्त सम्मान कार्यक्रमलाई प्रमुख अतिथि छविलाल चुडाल, रेडक्रस झापाका मन्त्री चन्द्र  चुडाल, उपशाखा सल्लाहकार समिति संयोजक मोहनचन्द्र रेग्मी, असल बुहारी सम्मान दाता  रमेशकुमार तिम्सिना सम्मानित सारावती राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

विश्व रेडक्रस दिवस र असल सासू बुहारी सम्मान कार्यक्रमको औचित्य माथि उपशाखा सभापति कर्णाखर प्रसाईले प्रष्ट पारेको कार्यक्रममा स्वागत उपशाखा सदस्य राजेन्द्र ओलीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव हरीकृष्ण अधिकारीले गरेका थिए ।