बिर्तामोड । 

नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको  क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरेको तीन दिने तालिम सम्पन्न भएको छ । 

नेल्टा झापाले बैशाख २२ गते शुक्रवारदेखि आयोजना गरेको शिक्षकहरुको नेतृत्व बिकास तथा बिद्यालय व्यवस्थापन सम्बन्धि तालिम आइतवार (आज) बिर्तामोडमा सम्पन्न गरेको हो । 

नेल्टा झापाका अध्यक्ष धमेन्द्र भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा कनकाई नगर शिक्षा प्रमुख पिताम्बर गौतमको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गौतम, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मीलगायतले नेल्टा झापाले तालिम आयोजना गरेर एकदमै राम्रो कार्य गरेको भन्दै सिकेको सीपलाई ब्यवहारमा उतार्न आग्रह गरेका छन् । 

समापन कार्यक्रममा सहभागीको तर्फबाट आदर्श बिद्यामन्दिर घैलाडुब्बाका प्रधानाध्यापक नरहरि न्यौपाने र एसेन्ट एकाडेमी बिर्तामोड–२ की प्रमिला बजगाईले तालिम आयोजना गर्ने नेल्टा झापालाई धन्यवाद दिदै आफुले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा उतार्ने बताएका छन् । 

talim

तालिममा नेतृत्व विकास तथा ब्यवस्थापन सम्बन्धि सहजीकरण त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा कि केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान र एसोसिएट प्राध्यापक डा.शिवराम पाण्डेले गरेका थिए । त्यस्तै पृष्ठपोषण लिने–दिने तरिका सम्बन्धि नेल्टा झापा अध्यक्ष तथा केन्द्रिय सदस्य धमेन्द्र भट्टराईले सहजीकरण गरेको कार्यक्रममा सूचना तथा प्रबिधि सम्बन्धि नेल्टा झापा सचिब टीकाप्रसाद सुबेदी र सह–सचिव केशव उप्रेतीले सहजीकरण गरेका थिए । २५ जनाका लागि आयोजना गरेको तालिममा सामुदायिक तथा संस्थागत बिद्यालयका ३१ जना प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको सहभागीता रहेको जनाइएको छ । समापन कार्यक्रमको सञ्चालन नेल्टा झापा सचिव टीकाप्रसाद सुवेदी र सह–सचिव केशव उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।

विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समय सापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहेकाले तालिमको आयोजना गरिएको नेल्टा झापा अध्यक्ष तथा केन्द्रिय सदस्य भट्टराईले जानकारी दिए ।  नेल्टा झापाले बर्षाेत्कृष्ट भएर  पाएको पुरस्कार राशीबाट तालिमको आयोजना गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।