बिर्तामोड ।
बिर्तामोड नगरमा रहेका पराजुलीहरुलाई संगठित गर्दै आएको पराजुली समाज नेपाल विर्ता–अर्जुन नगरले गोठधुप कार्यक्रम सम्पन्न गरेको छ ।
पराजुली समाज नेपाल विर्ता–अर्जुन नगरले बिर्तामोड–७ स्थित खोपवारीमा शनिवार (आज) गोठधूप सम्पन्न गरेको अध्यक्ष गणेशप्रसाद पराजुलीले जानकारी दिए ।
पराजुली समाज विर्ता–अर्जुन नगर कमिटी अध्यक्ष गणेशप्रसाद पराजुलीको अध्यक्षतामा भएको गोठधुप कार्यक्रममा झापा जिल्ला अध्यक्ष दुर्गा पराजुलीको प्रमुख आतिथ्य तथा झापा उपाध्यक्ष काशीनाथ पराजुली र अर्जुनधारा नगरपालिका नगर उप प्रमुख खड्गमाया पराजुलीको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रदेश सदस्य धनकुमारी पराजुली, जिल्ला सदस्य, नगर तथा गाउँ कमिटी तथा कमिटीका पदाधिकारी तथा सदस्य, सल्लाहकार सदस्यलगायत १ सय ५० बढीको उपस्थिति रहेको जनाइएको छ ।
कार्यक्रममा गोठधुप कार्यक्रम गर्ने स्थल उपलव्ध गराउने वन्धु तुलसी पराजुली र परिवारप्रति अध्यक्ष गणेशले धन्यवाद समेत ब्यक्त गरेका छन् । स्वागत जिल्ला सदस्य गोपिकृष्ण पराजुलीले गरेको कार्यक्रमको सञ्चालन पराजुली समाज नेपाल विर्ता–अर्जुन नगरका सचिव नारायण पराजुलीले गरेका थिए । हाल बिर्ता–अर्जुन नगरमा एकसय घरधुरी रहेको जनाइएको छ ।