बिर्तामोड ।
नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तीन दिने नेतृत्व बिकास तथा बिद्यालय व्यवस्थापन तालिम शुक्रबार (आज) देखि बिर्तामोडमा शुरु गरेको छ । तालिमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख तथा कार्यक्रकी प्रमुख अतिथि पबित्रा महतरा प्रसाईले उद्घाटन गरेकी हुन् ।
नेल्टा झापाका अध्यक्ष धमेन्द्र भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रसाई, मेचीनगरका नगर शिक्षा प्रमुख होमनाथ भण्डारी, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश अध्यक्ष भट्टराईले पारेको उद्घाटन कार्यक्रममा स्वागत सचिव टीकाप्रसाद सुवेदी र सञ्चालन सह–सचिव केशव उप्रेतीले गरेका थिए ।

विद्यालयमा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बालबालिकाहरुमा समय सापेक्ष शैक्षिक गतिविधि र शिक्षण सञ्चालन गर्न प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहेकाले तालिमको आयोजना गरिएको नेल्टा झापा अध्यक्ष तथा केन्द्रिय सदस्य धमेन्द्र भट्टराईले जानकारी दिए ।
तालिममा झापा जिल्लाका करिब ४० जना प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको सहभागी रहेको आयोजक नेल्टा झापाले जनाएको छ । तालिमलाई त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्राध्यापक डा.शिवराम पाण्डे र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेल्टा कि केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानले सहजिकरण गरिरहेका छन् ।
नेल्टा झापा यस बर्षको उत्कृष्ट शाखा घोषित भएर पाएको पुरस्कार राशीबाट तालिमको आयोजना गरेको जनाइएको छ । तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।


















