बिर्तामोड ।
नेपाल अलैची ब्यवसायी महासंघ केन्द्रिय समिति बिर्तामोड झापाले नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचित झापाका चार जनालाई सम्मान गरेको छ ।
नेपाल अलैची ब्यवसायी महासंघ, भेनियर उत्पादक संघ र सुपारी उत्पादक तथा निर्यात ब्यवसायी संघले बिर्तामोडमा शुक्रवार (आज) एक कार्यक्रमकाबिच उनीहरुलाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।
महासंघको जिल्ला तथा नगर उद्योगमा उमेश डालमिया र दीपक नेपाल, बस्तुगततर्फ राजकुमार कार्की र संस्थापकतर्फ नरेन्द्रकुमार खड्का निर्वाचित भएका उनीहरुलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रमकाबिच नेपाल निर्यात ब्यवसायी महासंघको केन्द्रिय सदस्यमा मनोनीत भएका निर्मल भट्टराईलाई पनि नेपाल कुचो संघले सम्मान समेत गरेको थियो ।
नेपाल अलैची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश नेपाल भेनियर संघका अध्यक्ष दीपक पाण्डे र स्वागत महासंघका उपाध्यक्ष सुवास भट्टराईले गरेका थिए ।
महासंघका संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरे, नेपाल सुपारी निर्यात तथा ब्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अलैची महासंघका महासचिव नारायण चिमरियाले गरेका थिए ।


















