बिर्तामोड ।
पछिल्लो समय मनोरोगीहरु बढ्दै गएको भन्दै बिकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रले झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज (शुक्रवार) एकदिने योग, ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान प्रवचन शिविरको आयोजना गरेको छ ।
बिकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रले बिर्तामोडमा आयोजना गरेको एकदिने योग, ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान प्रवचन शिविरको पूर्व सन्ध्यामा बिहीवार साँझ चारपानेस्थित सहारा नेपाल साकोसमा आयोजित पत्रकार सम्मेलनमा मनोक्रान्ति बिज्ञ डा. बिकासानन्दद्धारा जीवनलाई सरल तथा सहज बनाउने प्रयोगात्मक प्रबचन दिएका थिए ।
मानवलाई चिन्ताको बिकाराल जालोबाट उन्मुक्ति गराएर नयाँ जोश र जाँगरका साथ जीवनशैली परिवर्तन गर्ने उदेश्यले शिविरको आयोजना गरेको विकासानन्द फाउण्डेशन विश्व परिवार झापा केन्द्रले जनाएको छ । एकदिने योग ध्यान, साधना, हिप्नोसिस तथा आध्यात्मिक ज्ञान शिविरमा डा. विकासानन्दले प्रवचनदिदैछन् ।
पछिल्लो समय तीब्रगति र असन्तुलित जीवन शैलीका कारण मानिसहरुमा डिप्रेशन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ, दुब्र्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भइरहेकाले त्यसलाई न्युनिकरण गर्न शिविर आयाजना गरिएको आयोजक संस्थाले जनाएको छ ।