झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नं. ४ मंगलबारेबाट नम्बर प्लेट नभएको ट्याक्टरमा लैजाँदै गरेको काठ प्रहरीले नियन्त्रणमा लिएको छ । 

सखुवाको गोलिया काठ लोड गरी लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । 

ट्याक्टर रोक्न खोज्दा चालकले ट्याक्टर र काठ छाडेर भागेर फरार भएकोले उक्त ट्याक्टर र ६ थान गोलिया काठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्वाहीको लागि बुधवार (आज) डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

उक्त काठका बारेमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।